१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु



मायादेवी अनलाइन, जयनगर ।
कपिलवस्तुको गोरुसिंगे तौलिहवा सडक खण्डमा ट्रकको ठक्करबाट विहान एक जना पैदल यात्रुको मृत्यु भएको छ ।
गोरुसिंगेबाट तौलिहवा तर्फ जादै गरेको ना. ५ ख. १११ नम्बरको ट्रकले उक्त सडक खण्डको बुद्धभूमि नगरपालिका १० मा जंगलमा ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेको उमेर अन्दाजी ३०।३२ वर्षीय हुन सक्ने भएपनि व्यक्तिको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभयो । पैदलयात्रुलाई ट्रकले ठक्कर दिएपछि ट्रक चालकले उपचारको लागि जिल्ला अस्पताल तौलिहवा पु¥याएको थियो ।
ट्रक र ट्रक चालक वाणगंगा नगरपालिका ५ मटेरियाका दिनानाथ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७५ शुक्रबार ००:००  ७ : ५८ बजे