१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

टेबल र कलमबाट दिइने व्यवहार परिवर्तन गर्न आवश्यक : प्रजिअ पोख्रेल



बाबुराम रायमाझी, वाणगंगा ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले मुलुकमा समृद्धि र सुशासनको लागि राष्ट्रसेवक कर्मचारीले विगतका दिन भन्दा फरक तरिकाले सेवा दिनुपर्ने बताउनुभएको छ । उहाँले कर्मचारीले विगतमा जस्तो टेबल र कलमबाट दिइने व्यवहारलाई परिवर्तन गर्न आवश्यक समेत रहेको जोड दिनुभयो । प्रजिअ पोख्रेलले विना कारण सेवाग्राहीलाई सेवा प्रवाहबाट बञ्चित गर्न नहुने बताउदै नजितामुखी प्रशासनका लागि मर्यादित र शिष्ट व्यवहारमा जोड दिनुपर्ने स्पष्ट पार्नुभयो । वाणगंगा कर्मचारी संगमले चारनम्बरमा आयोजना गरेको निजामति सेवा दिवस २०७५ को विशेष समारोहमा बोल्दै पोख्रेलले सकारात्मक सोच र कर्मचारीको कार्यशैलीले सेवाग्राही सन्तुष्टि हुने बताउनुभयो ।
उहाँले जनप्रतिनिधी र कर्मचारीले जनतालाई सेवा दिने कार्यमा स्थानीय सरकारको अनुभुती हुनेगरी काम गर्नुपर्नेमा बताउदै कर्मचारीले आफुलाई यु टर्न अर्थात सेवाग्राहीको रुपमा हेर्नसमेत सुझाव दिनुभयो । कर्मचारीलाई विगतमकार्यक्रममा वाणगंगा कर्मचारी संगमका सामाजिक कार्यले वाणगंगा नगरपालिकाको सेवा क्षेत्र भित्र प्रभावकारी सेवा भईरहेको छ भन्ने आफुले बुझेको बताउनुभयो ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमख मङ्गल प्रसाद थारुले कर्मचारी र जनप्रतिधि भनेको नङ्ग र मासुको जस्तो सम्वन्ध हुने भएकाले यसलाई कायम गर्न समन्वय र सहकार्य जरुरी रहेको बताउनुभयो । कार्यक्रममा उपमेयर चक्रपाणी अर्यालले वाणगंगा कर्मचारी संगमले रचनात्मक कार्यक्रम गर्दै आएकाले विगतमा जस्तै नगरपालिकाले सहकार्य गर्ने बताउनुभयो ।
कार्यक्रममा २०७४ को एसईई परीक्षामा बाणगंगा कर्मचारी संगमका सदस्यमध्ये सर्वोत्कृष्ट अंक प्राप्त गर्ने बाणगंगा नगरपालिकाका कर्मचारी कृष्ण प्रसाद पोख्रेलको छोरी दिक्षा पोख्रेल र ईलाका प्रशासन कार्यालयका कर्मचारी छविलाल पौडेलका छोरा विवश पौडेललाई वाणगंगा कर्मचारी संगमले नगद तथा प्रमाण पत्रबाट सम्मान गरेको थियो । साथै कार्यक्रममा सूर्योदय मावि बरवा कक्षा ८ मा अध्ययनरत गरीव, जेहेन्दार विद्यार्थी यमकान्त डुम«ेको छात्रवृति स्वरुप नगद ५ हजार प्रदान गरी संगमले अभिभावकत्व ग्रहण गरेको छ । कार्यक्रम बाणगंगा कर्मचारी संगमका कार्यवाहक अध्यक्ष बिक्रम शर्माको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रम संगमका सदस्य राम प्रसाद गौतमको स्वागत र राजन के.सी को सञ्चालनमा सम्पन्न भएको थियो ।
नतिजामुखी प्रशासन, समृद्धि र सुशासन भन्ने मूल नाराकासाथ बाणगंगा कर्मचारी संगम निजामति सेवा दिवस समारोह समितिले १५ औं दिवशको अवसरमा बिहान ईलाका प्रशासन कार्यालय दरखास्तबाट प्रभातफेरी कार्यक्रममा सूचनाको अधिकार लोकतन्त्रको आधार, निजामति सेवाको आवश्यकता, पारदर्शिता र जवाफदेहिता, सेवाग्राहीको आवश्यकता सेवाप्रवाहमा सहजता जस्ता लेखिएका प्लेकार्ड, ब्यानर लिई बजार परिक्रम गरेका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७५ शुक्रबार ००:००  ९ : ५० बजे