१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भैरहवामा विमानस्थलको काम धमाधम चल्दै, असारदेखि अन्तराष्ट्रिय उडान



काठमाडौं ।
भैरहवा स्थित गौतमबुद्ध विमानस्थलबाट आगामी असार १३ गते (२८ जुन २०१९) देखि अन्तर्रा्ष्ट्रिय उडान गर्ने तयारी गरिएको छ । हाल यो विमानस्थल विस्तार गरी अन्तर्रा्ष्ट्रिय उडानका लागि योग्य बनाउने काम भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यो विमास्थलबाट अन्तर्रा्ष्ट्रिय उडान गर्न धानवमार्ग तयार भएको र टर्मिनल भवन निर्माण भइरहेको जानकारी दिएको छ ।
विमानस्थलका लागि आवश्यक प्राविधिक उपकरण जडानका निम्ति दुई साताभित्रै प्रस्ताव आह्वानको तयारी गरिएको छ । प्राविधिक उपकरण ६ महिनाभित्रै जडान गर्ने र त्यसपछि अन्तर्रा्ष्ट्रिय उडानका जहाजलाई तीन महिनाको समय दिएर सूचना जारी गर्दैै विमानस्थल सञ्चालन गर्ने गरी तयारी भएको प्राधिकरणले जानकारी दिएको छ ।
एसियाली विकास बैंक (एडीबी)को करिब साढे ६ अर्ब रुपैयाँ ऋणमा दक्षिण एसिया पूर्वाधार विकास आयोजनाले विमानस्थल निर्माण गरिरहेको छ । यो विमास्थलको भौतिक संचरना सँगै आवश्यक प्राविधिक उपकरण पनि जडान गर्न उपयुक्त कम्पनीमार्फत प्रस्ताव आह्वान तयारी भइसकेको छ ।
यो विमानस्थबाट असार १३ देखि अन्तर्रा्ष्ट्रिय उडान गर्न सकिने गरी तयारी भइरहेको प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्राधिकरणले एडीबीकोे ऋण सहयोगमा धानमार्ग सहितको टर्मिनल भवनको निर्माण गरिरहेको उहाको भनाई छ ।
प्राधिकरणले एक अर्ब रुपैयाँको प्राविधिक उपकरण राख्ने र ८० करोडमा कार्गो भवन बनाउने काम पनि अगाडि सारिसकेको छ । विमानस्थलका लागि आवश्यक भौतिक संरचना तयार हुँदै गइरहेकाले अगामी असारबाट अन्तर्रा्ष्ट्रिय उडान गर्न सकिने बुझाइ श्रेष्ठको छ ।
यो विमानस्थल सञ्चालन गर्नु पहिले अन्तर्रा्ष्ट्रिय उडान सुरु गर्न इच्छुक कम्पनीलाई आग्रह गर्नुपर्छ । यसका लागि अन्तर्रा्ष्ट्रिय नियमअनुसार कम्तीमा तीन महिनाको समय दिएर विदेशी वायुसेवालाई बोलाउने र उडान तालिका उपलब्ध गराउनुपर्छ ।
अन्तर्रा्ष्ट्रिय वायुसेवालाई उडान आग्रहका लागि रोनोटिकल इन्फरमेसन पब्लिकेसन (एआईपी)मा तीन महिना अगाडि नै सूचना जारी गर्नुपर्ने हुन्छ । हामीले विमानस्थलको काम सकिने तयारी गरेपछि र सञ्चालन गर्न सक्ने अवस्थामा पुगेपछि सूचना जारी गरेर विमानस्थलमा उडान गर्न आग्रह गरिने श्रेष्ठले जानकारी दिनुभयो । अन्नपूर्ण पोस्ट्

प्रकाशित मिति : २५ भाद्र २०७५ सोमबार ००:००  ३ : २५ बजे