६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

पोर्चुगलले इटालीलाई एक शून्यले हरायो



एजेन्सी ।
रोनाल्डो बिना नै मैदानमा उत्रिएको पोर्चुगलले यु इ एफ ए नेशन्स लिग अन्तर्गत इटालीलाई एक शून्यले हराएको छ । गएराति भएको समूह चरणको खेलमा पोर्चुगलको जितमा एकमात्र गोल आन्द्रे सिल्भाले गरे । रियल मड्रिडबाट युभेन्टसमा अनुबन्ध भएका रोनाल्डोले ब्यक्तिगत कारणले राष्ट्रिय टिमबाट दुई खेल नखेल्ने बताएका थिए ।
कप्तान विना नै मैदानमा उत्रिएको पोर्चुगलले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । तर ४८ औं मिनेटमा सिल्भाले ब्रुमाको क्रसमा गोल गर्दै टिमलाई अग्रता दिलाए । यो पराजय पछि इटली समूह चरणबाट बाहिर भएको छ ।
लिग अन्तर्गत नै टर्कीले स्वीडेनलाई तीन दुई गोल अन्तरले हराएको छ । गएराति भएको खेलमा दुई गोलले पछि परेको टर्किले उत्कृष्ट कमब्याक गर्दै जित हासिल गरेको हो ।

प्रकाशित मिति : २६ भाद्र २०७५ मंगलबार ००:००  २ : ५० बजे