१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पहिरोमा परि रसुवामा दुईजनाको मृत्यु



रसुवा । 

रसुवामा गएको पहिरोमा दुईजना कामदारको ज्यान गएको छ । पहिरोमा परी नौजना घाइते भएका छन् । गोसाइकुण्ड गाउँपालिका १ मा निर्माणाधीन रसुवागढी हाइड्रोपावरको क्याम्प रहेको ठाउँमा पहिरो जाँदा आयोजनामा काम गर्ने हेटौँडाका २२ वर्षिय रमेश कुप्रोला र रुकुमका ५० वर्षीय भिम रोक्काको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा एक जना चिनियाँ नागरिक पनि रहेका प्रहरीले जनाएको छ । घाइते ९ मध्ये ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने ५ जनाको हाइड्रोपावर भित्रै रहेको प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७५ आइतबार ००:००  ३ : ३० बजे