१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सल्यानमा खोलाले बगाउँदा दिदीभाईको ज्यान गयो



बुद्धि पुन, सल्यान ।

सल्यानमा खोलाले बगाउँदा दिदी भाईको मृत्यु भएको छ । जिल्लाको दार्मा गाउँपालिका ६ घर भएका उनीहरुको स्थानीय दार्मा खोलाले बगाउँदा मृत्यु भएको हो । स्थानीय दुर्गा केसीकी श्रीमती पूर्णिमा केसी माईतीघर रुकुमबाट घर फर्कदैँ गर्दा शनिबार बेलुका ७ बजे स्थानीय दार्माखोला तर्दा उनका १ छोरी र १ छोरा बेपत्ता भएका थिए । आमा पूर्णिमा सकुशल खोलाबाट उत्रिएकी छिन् ।

बेपत्ता २ बर्षिय छोरा मोहन केसीको घटनास्थल देखी करिब २ किमी तल शब फेला परेको थियो । यस्तै ६ बर्षिया छोरी रेखा केसीको घटनास्थल देखी ३ किमी तल शब फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मोहनको शव राती नै भेटिएपनि रेखाको भने आइतबार बिहान मात्रै शव फेला परेको सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाहीले बताए । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७५ आइतबार ००:००  ३ : ३३ बजे