८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

आज विश्व ओजोन तह बचाउ दिवस



काठमाण्डौं ।
आज विश्व ओजोन तह बचाउ दिवस नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइदै छ । विश्वमा जलबायुमा परिवर्तनसंगै बिभिन्न धुँवा र प्रदुषणको कारण ओजोन तहमा विनास आउदै गरेपछि यसको सचेतनाको लागि आज विश्वभर बिभिन्न कार्यक्रम गरिँदै छ ।
ओजोनतह विनास भएको अवस्थामा सूर्यका विकिरणहरु सिधै मानव शररिमा आउने र यसले क्यानसर, प्यारालाइसिस लगायतका रोगहरु निम्त्याउने खतरा छ । विश्वमा बढ्दै गएको औद्योगिकरण र यहाँबाट निस्कने धुँवा र प्रदुषणले मुख्य रुपमा ओजोनतहको विनास गर्दछ ।
विशेष गरी उद्योगहरुमा प्रयोग हुने रेफ्रिजिरेटर र एसीमा प्रयोग हुने केमिकलले ओजोनतहमा विनास गर्ने हुँदा यसको कम प्रयोग र नियन्त्रण गर्नु नै ओजोन तह बचाउ गर्ने महत्वपूर्ण उपाय भएको विज्ञको भनाई छ ।
सन् २०२५ सम्म ती केमिकलको प्रयोग घटाउन नसके विश्वमा यसले जोखिम ल्याउन सक्ने खतरा भएको विज्ञको अ‍ैल्याई छ । यसै सद्यनर्भमा आज नेपालमा पनि बिभिन्न कार्यक्रम हुँदै छन् । यस क्षेत्रसंग सम्बन्धित बिभिन्न संघसंस्थाले ओजोन तहमा हुने विनासको रोकथामको लागि चेतनामूलक कार्यक्रम गर्ने जनाएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७५ आइतबार ००:००  ३ : ५७ बजे