८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

बुटवलमा धरहरा चढेर रमणीय दृश्यावलोकन



बुटवल ।
बुटवलमा धरहरा चढेर रमणीय दृश्यावलोकन गर्ने अपेक्षा छिट्टै पुरा हुने भएको छ ।काठमाडौको ९ तले धरहरा अब छिट्टै बुटवलमै चढ्न पाईने भएको हो ।
असोज १९ गतेदेखी शुरु हुन लागेको तेश्रो राष्ट्यि औद्योगिक प्रर्दशनी तथा ब्यापार मेलामा धरहरा पाईने भएको हो । एतिहासिक ९ तले धरहराको प्रतिमाको रुपमा बुटवलमा निर्माण गर्न लागिएको धरहराको एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।
मुल आयोजक समितिका संयोजक तथा उद्योग व्यापार संघ बुटवलका अध्यक्ष प्रविण पाठक, संरक्षकद्धव खेम श्रीस, खिमनारायण पराजुली लगायतले संयुक्त रुपमा धरहराको सिलान्यास गर्नुभएको हो ।
धरहराको उचाई झण्डै ९० फूट रहने छ । जहाँबाट बुटवल बजारको अवलोकन गर्न सकिने छ । ३० फूट गोलाई रहेको उक्त धरहरामा एकै पटक ५० जनाले धरहरा चढेर दृश्यावलोकन गर्न सकिने मुल आयोजक समितिका संयोजक पाठकले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ आश्विन २०७५ सोमबार ००:००  २ : ४९ बजे