८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

पेस्तोल सहित एकजना पक्राउ



दाङ ।

प्रहरीले घोराहीमा एक युवालाई पेस्तोल सहित पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१३ बडहराका २७ वर्षीय बिरबहादुर चौधरीलाई अमेरिकामा बनेको अटोमेटिक पेस्तोल सहित शनिबार बेलुका घोराही बजारबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले बताउनुभयो ।

उनको साथबाट ७ दशमलव ६५ क्यालिभरको पेस्तोलका साथ एक थान म्यागजिन र चार राउण्ड गोली पनि बरामद भएको शर्माले बताउनुभयो ।

हतियार बोकी हिडिराखेको सूचनाका आधारमा शरीर खानतलासी गर्दा पेस्तोल भेटिएको उहाले जानकारी दिनुभयो । चौधरीलाई आइतबार जिल्ला प्रहरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । उनीमाथि थप अनुसन्धान भैरहेको एसपी शर्माले बताउनुभयो ।

प्रकाशित मिति : १ आश्विन २०७५ सोमबार ००:००  २ : ५५ बजे