१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गले यातायात व्यवसायि, अग्रिम टिकट बुकिङ खुला



काठमाण्डौं ।
सवारी भाडा समायोजन र समितिका रोक्का बैंक खाता फुकुवा नगरेसम्म अग्रिम टिकट बुकिङ खुला नगर्ने अड्डी लिएका यातायात व्यावसायी अन्ततगलेका छन् ।
यातायात ब्यवस्था विभाग र यातायात व्यवसायीबीच आइतबार भएको छलफलमा आफ्ना माग सम्बोधन हुने भएपछि व्यावसायीले दशैँ टिकट खोल्ने जनाएका छन् । अब लामो दुरीमा चल्ने बसको अग्रिम टिकट विक्री असोज ५ देखि खुला हुने छ । यसको लागि विभागले माग सम्बोधन गरिदिनु पर्ने छ ।
छलफलका क्रममा बन्द रहेका २५४ वटा यायातयात समितिका खाता खोल्न विभागले पहल गर्ने सहमति भएको खबर छ । नेपाल यातायात महासंघका महासचिव सरोज सिटौलाले ‘असोज ५ गतेबाट अग्रिम टिकल खला गर्ने सहमति भएको बताउँदै भाडा समायोजन र खाता खोल्ने जिम्मा सरकारलाई दिएको बताउनुभयो ।

प्रकाशित मिति : १ आश्विन २०७५ सोमबार ००:००  ३ : ४३ बजे