१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कैदी बन्दी पढाउदै गुल्मी प्रहरी



शिवलाल सुवेदी, गुल्मी ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्ला कारगार गुल्मीमा रहेका कैदी बन्दीहरुलाई लागुऔषध सम्बन्धि प्रशिक्षण दिएको छ । प्रहरीले पछिल्लो समय जिल्लामा शुरु गरेको लागुऔषध तथा दुब्र्यसनी रोक्ने अभियान अन्र्तगत प्रहरीले आइतवार जिल्ला कारागार गुल्मीमा रहेका कैदीबन्दीहरुलाई लागुऔषध सम्बन्धि प्रशिक्षण सञ्चालन गरेको प्रहरी नायव उपरिक्षक रोशन खड्काले जानकारी दिए ।
जिल्ला कारगार गुल्मीमा रहेका कैदीवन्दीहरुलाई लागुऔषधको प्रयोग र यसले गर्ने समाजमा असरको वारेमा जानकारी होस भनेर कारागारमा यो प्रशिक्षण दिएको हो खड्काले भने‘ साथी उनीहरुलाई लागुऔषधको समस्या र समाधानका उपायहरु प्नि बताइएको छ ।’ कैदीबन्दी जिवन विताएका उनीहरुले आफ्नो सजाय भुक्तान गरेर वाहिर गएपछि पनि समाजमा घुलमिल हुन र लागुऔषधको बारेमा राम्रोसँग जानकारी होस भनेर समेत प्रशिक्षण दिइएको बताए ।
जिल्ला कारगार गुल्मीमा हाल महिला पुरुष गरि करिव ५ दर्जन कैदीबन्दीहरु रहेका छन । जिल्ला प्रहरीले यसभन्दा अगाडि पनि जिल्लाका विभिन्न क्याम्पस, विद्यालयहरुमा समेत लागुऔषध सेवन र यसले पार्ने असरका वारेमा कार्यक्रमहरु सञ्चालन गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक बस्नेतले जानकारी दिए ।
गुल्मी जिल्लामा पछिल्लो समय लागुऔषध सेवन गर्नेहरुको सख्या बढिरहेको पाइएकाले यस्तो कार्यक्रम सञ्चालन गरेका हौ प्रहरी उपरिक्षक बस्नेतले भने‘ अहिलेसम्म १ दर्जनभन्दा बढी बिद्यालय तथा क्याम्पसहरुमा प्रशिक्षण सम्पन्न भए ।’ उनले यो कार्यक्रम अभियानकै रुपमा सञ्चालन भैरहेको बताए । प्रहरीले जिल्लामा गाजाँ फडानी लगायत अन्य बिभिन्न अपराधिक क्रियाकलापहरुको वारेमा पनि सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७५ सोमबार ००:००  ४ : २८ बजे