८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

गैँडाकोटमा दुई स्कुटर ठोक्किए, चालकको मृत्यु



नवलपरासी ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा गए राति दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ ।

गैँडाकोट–२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १८ प १२४६ नं को स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ना ४१ प २६७५ नं को स्कुटर एकापसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी ना ४१ प २६७५ नं को स्कुटर चालक चितवन गुञ्जनगर–४ का २६ वर्षीया अनिसा रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते रानाको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।

बेपत्ता मृत फेला

गत भदौ २९ गतेदेखि बेपत्ता पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ का ४० वर्षीया धर्वेन्द्रप्रसाद गुप्ता सोमबार मृत फेला परेका छन् । उनी नारायणी नदी किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि चोरमारा स्वाथ्यचौकीमा राखिएको छ । (रासस)

प्रकाशित मिति : २ आश्विन २०७५ मंगलबार ००:००  २ : १३ बजे