१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नवलपुरमा युवती माथि एसिड र चक्कु प्रहार !



नवलपुर । 

पूर्वी नवलपरासीको सदरमुकाम कावासोती १६ मा युवती माथि एसिड र चक्कु प्रहार भएको छ । जिल्ला प्रहरी कार्यलय नवलपुरका डिएसपी लिलाराज लामिछानेका अनुसार गए राति ८ बजेको समयमा कावासोती १६ कि ३० वर्षिया बसन्ती परियारलाई स्थानिय ३७ वर्षिय बिमल श्रीपालीले बाटोमा हिड्दै गर्दा एसिड र चक्कु प्रहार गरि घाइते बनाएका हुन ।

युवती संग विहेको कुरा चल्दै गर्दा विहे गर्न नमाने पछि एसिड र चक्कु प्रहार गरिएको प्रहरीले जनाएको छ । घाइते परियारलाई स्थानियको सहयोगमा चितवनको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । एसिड र चक्कु प्रहार गर्ने श्रीपालीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरि रहेको जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७५ मंगलबार ००:००  ४ : ०२ बजे