१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रिडी तम्घास सडक निमार्णमा लापरवाही, सरकारी निकाय नै बचाउमा



शिवलाल सुवेदी, गुल्मी ।
रिडी तम्घास सड्क सदरमुकाम तम्घास जोड्ने जिल्लाकै पहिलो र एक मात्र सडक हो । काठमाडौ, वुटवल पाल्पा हुदै उक्त सडक भएर जिल्लाको सदरमुकाम तम्घासको यात्रा गर्न सकिन्छ । रिडी तम्घास सडकमा दैनिक ४ सयभन्दा बढी सवारीका साधनहरु आवजजावत गर्छन । लामो समयदेखि साघुरो कालोपत्रे सडकलाई पछिल्लो समय फराकिलो र ग्राभेल गर्ने काम धमाधम शुरु भएको छ । सडक डिभिजन कार्यालय पाल्पाले हेर्ने सडकमा अहिलेपनि करिव ४ करोडको काम धमाधम भैरहेको छ ।
एसीयाफिक प्रदीप जेभीले रिडी तम्घास सडक अन्र्तगत रिडी रातामाटा खण्डमा ३ करोड ८६ लाखमा ग्राभेल, कटिङ्ग, नाली निमार्ण गर्ने र पर्खाल लगाउने काम गरिरहेको छ । निमार्ण कम्पनीले सडक निमार्ण गर्ने काम धमाधम गरेको भएपनि निमार्णमा चरम लापरवाही भएको पाइएको छ । सडक डिभिजन कार्यालयसगँ भएको सम्झौता विपरित निमार्ण कम्पनीले काम गरेको हो । निमार्ण कम्पनीले सम्झौता विपरित काम गर्दा समेत सडक डिभिजन कार्यालय पाल्पाले कुनै चासो देखाएको छैन ।
पटक–पटक जानकारी गराउदाँ समेत सडकको अवस्थाका वारेमा केही गर्न नसकेको गुल्मीका निमार्ण ब्यवसयाीहरुको आरोप रहेको छ । जिल्लाको सदरमुकाम तम्घास आउने पुरानो र एक मात्र सडक निमार्णमा भएको लापरवाही जानकारी गराउदाँ समेत कुनै चासो दिदैन सडक डिभिजन पाल्पाले निमार्ण ब्यवसायी भोज प्रसाद श्रेष्ठले भने‘ ग्राभेल, नालीमा मापदण्ड नै नपु¥याइ धमाधम काम भैरहेको छ ।’ उनले सडक डिभिजन नै मिलेमतोमा गुणस्तरहिन काम भएको बताए । उनले सरकारी प्राविधिकले निर्माणका बेला गर्नुपर्ने सुपरिवेक्षण नगर्दा कमजोर संरचना वनिरहेको बताए । रिडीमाथी रातामाटामा अहिले ग्राभेलको काम भैरहेको छ श्रेष्ठले भने‘ग्राभेल गर्दा पहिले माटो सवै फालेर तल ग्रेडिङ गरेपछि मात्र माल भरेर ग्राभेल गर्नुपर्ने हो तर निमार्ण कम्पनीले ग्रेडिङ नै नगरि ग्राभेल गरेको छ ।’ उनका अनुसार यसो गर्दा पछि सडकमा खाल्डाखुल्डी हुने गर्दछ ।

यता सडक डिभिजन कार्यालय पाल्पाका सुपरभाइजर चिरञ्जीवि ज्ञवालीले पनि ग्राभेल गर्नुभन्दा अगाडि ग्रेडिङ नगरेको बताए । नियमअनुसार त पहिले ग्रेडिङ गरेर माल भरेर ग्राभेल गर्नुपर्ने हो उनले भने‘यहाँ गाडीहरु हिडीरहेकाले पक्की नै छ भनेर ग्रेडिङ गरिएन झुट वोल्नुभएन ।’ उनका अनुसार सवग्रेड नगरिकन सववेस राखेको बताए । सवग्रेड गरेर ८ इन्च माल राख्नुपर्ने भएपनि निमार्ण कम्पनीले ३÷४ इन्च मात्र माल त्यो पनि माटोमै राखेको छ । सडक डिभिजनकै सव इन्जिनियर कामेश्वर मण्डलका अनुसार पनि पिसीसी नाली ढलान १० सेन्टीमिटरको भएको भएपनि ठेकेदारले कहिकतै ४ सेन्टीमिटर मात्रै गरेको बताए । उनका अनुसार पनि ग्राभेल गर्नु पुर्व ग्रेडिङ गर्नुपर्ने भएपनि मेसिनहरु लगायत लोड गाडीहरु हिडिरहेकाले ग्रेडिङ नगरेको बताए ।

१५ सेन्टिमिटरको वक्स बनाएर पहिले ग्रेडिङ गर्नुपर्ने सम्झौतामा त उल्लेख छ सव–इन्जिनियर कामेश्वर मण्डलले भने‘ यहाँ गाडीहरु हिडिरहेकाले ग्रेडिङ गर्नु नपर्ने देखिएर नगरिएको हो, तर नियतवस भने हैन ।’ उनले निमार्ण कम्पनीलाई काम अनुसारको विल मात्र भुक्तानी गर्ने बताए । निमार्ण कम्पनीका प्रतिनिधी विक्रम राईका अनुसार पेटी ठेकेदारहरुले केही कमजोरी गरको स्वीकार गरेका छन । पेठी ठेकेदारले नाली बनाउने कुरामा कमजोरी गरेको छ म स्वीकार गर्छु उनले भने‘ यसलाई भत्काएर पुन वनाउन भन्छु ।’ उनी पेठी ठेकेदारको नाममा आफु उम्कन खोजेका छन ।

यता प्रदेश ५ का सासंद दिनेश पन्थीले काम गरुञ्जेल हेरेर बस्ने प्राविधिकले काम सम्पन्न भएपछि मात्र काम राम्रो भएन भन्ने प्रवृति हावी भएको बताए । सरकारका प्राविधिकले काम भैरहदाँ हेर्नुपर्ने हो उनी भन्छन‘सरकारको लगानीमा वन्ने सडक, पुल, भवनजस्ता संरचना बनाउँदा मापदण्ड पूरा नगरी बनेमा ती हेर्ने जिम्मा पाएका प्राविधिकलाई कारबाहीको पहिलो दायरामा ल्याउनुपर्ने हो । आफुले यस वारे वुझ्ने र गलत भएको रहेछ भने बाटो निर्माण गर्ने ठेकेदार र सडक डिभिजन कार्यालय पाल्पाका कर्मचारीलाई कडाभन्दा कडा कारर्वाही हुनुपर्ने उनले बताए । सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर र ठेकेदार मिलेर सडक गुणस्तरहिन बनाएको स्थानीयको भनाई रहेको छ ।

निमार्णको चरणमा स्थानियले पटक पटक गुणस्तरहित काम भैरहेको गुनासो गरेपनि सडक कार्यालयको प्राबिधिक नआउने र ठेकेदारले आफु खुशी काम गरेकाले लामो समय नटिक्ने स्थानीयको आरोप छ । स्थानिय दधिराम पाण्डेले सडकका प्राबिधिकहरुको चरम लापर्वाहीका कारण रिडी रातामाटा सडकखण्डमा गुणस्तरहिन काम भएको बताए । ठेकेदार र कर्मचारीको मिलेमतोमा प्राबिधिकको इस्टमेट अनुसार सडकको काम नभएको उनले दावी गरे । निर्माण कार्यमा लापरवाही गर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउनु पर्छ उनले भने‘ यहाँ सडक डिभिजनकै प्राविधिकरुले काम गर्ने ठेकेदारलाई कारवाहीको सट्टा संरक्षणका कारण निर्माण कार्यमा मनपरी भएको हो ।

प्रकाशित मिति : १० आश्विन २०७५ बुधबार ००:००  १ : ४२ बजे