८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

६३ बर्षमा पुर्खौली घरमा पुगे गृहमन्त्री वादल, गाउँलेद्धारा भव्य स्वागत



शिवलाल सुवेदी, गुल्मी ।
नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा वादल ६३ बर्षमा आफ्नो पुर्खौली घर गुल्मीको दजाकोट आएका छन् । शनिवार विहान उनले ६३ बर्षपछि पहिलोपल्ट आफ्नो पुखौली घर मुसिकोट नगरपालिका ४ वडागाउँको तल्लो दजाकोटमा पाईला टेकेका हुन ।
पुर्खैैली घर दजाकोट उनलाई आफन्त र गाउँलेले भब्य स्वागत गर्नुका साथै अभिनन्दन समेत गरेका छन । गृहमन्त्रीलाई गाउँमा कोदाको रोटी, टमाटर मरौटीको छोप, फर्सीको तरकारी र लोकल कुखुरासँग मकैको ढिडोले स्वागत गरिएको स्थानीय हरि छत्तेलले जानकारी दिए । गृहमन्त्री थापाको मुल घर तल्ला गाउँ अर्थात् तल्लो दजाकोट हो । उनकी काकी सुमित्रा थापाले पहिलो पटक छोरा अथवा गृहमन्त्री रामबहादुर थापा वादल आउने भएपछि कोदाको रोटी, टमाटर मरौटीको छोप, फर्सीको तरकारी र लोकल कुखुरासँग मकैको ढिडोले स्वागत गरेकी हुन । मन्त्री थापा आउने खवरले उत्साहित भएका गाउँलेहरु मन्त्रीलाई हेर्नका लागि तडाडमछाड गदै दजाकोट आएका थिए ।
गाउँकै छोरो भतिजा नेपाल सरकारको गृहमन्त्री जस्तो मान्छे गाउँमा आउने भनेपछि नै उल्लास छाएको गृहमन्त्रीका छिमेकी हरिप्रसाद छन्त्यालले बताए । उनको स्वागतका लागि गाउँमा केहीदिन अगाडिवाटै तयारी गरिएको छन्त्यालले बताए । गृहमन्त्री ज्यु पहिलोपटक आफ्नो पुखौली गाउँ आउँदा हामीलाई खुशीको सीमा छैन छन्त्यालले भने‘ गाउँ पवित्र भयो , हामी भाग्यमानी छौ ।’ जिल्लाको मुसिकोट नगरपालिकामै गृहमन्त्रीको पुर्खौली घर रहेको र उहाँले दजाकोट तेक्नुभएकाले आफुहरुमा खुसीयाली छाएको नगर प्रमुख सोमनाथ सापकोटा बताउँछन् । ‘उहाँको बसाई छोटो छ, समय थोरै भएपनि हामीले धन्य ठानेका छौ सोमनाथले भने‘ नगरपालिकाभित्र राज्यको उच्च ओहदामा पुग्ने उहाँनै हो ।’ उहाँको पूर्खेैली घर दजाकोटमा उहाँलाई भब्य स्वागत र नागरिक अभिनन्दन समेत ग¥यौ खुसी छौ सापकोटाले भने ।’
जनयुद्धका बेला दजाकोटको बाटो आवतजावत गरेको बताउने गृहमन्त्री थापाले पहिलोपटक आफ्नो वाउँवाजे जन्मेर खेलेको पुखौली घर टेक्न पाउदाँ खुसी लागेका बताए । छोटो समयका लागि भएपनि पुर्खौली घर आउने धोको पुरा भएको छ थापाले भने‘गाउँको विकास र यहाँको आमावुवा, दिदीवहिनीहरुको प्रगति उन्नतीका लागि मेरो सहयोग रहन्छ ।’ मुसिकोट नगरपालिकाले दजाकोटलाई होमस्टे बनाउन लागेको अभियानलाई समेत सहयोग गर्ने समेत थापाले बताएका छन । स्वर्गिय बाबु कर्णबहादुरले भरतपुर नगरपालिका वडा नम्वर २ क्षेत्रपुरमा जमिन किनेर बसोबास सुरु गरेपछि वादलको परिवार लामो समयदेखि नै भरतपुरमा वस्दै आएका छन ।
२०१२ सालमा जेठा छोरा बादल जन्मेका थिए । जन्मेको ६३ बर्षपछि उनले पुर्खौली घरमा पाईला टेकेका हुन । गृहमन्त्री सगै उनकी पत्नीपनि सगै गुल्मी आएकी छन । गृहमन्त्री थापाले शनिबार पुर्खेयौली घरमा पारिवारिक भेटघाट र अभिनन्दन थापेर सदरमुकाम तम्घासमा विश्व मुटु दिवसको अवसरमा आयोजना गरिएको बृहत स्वास्थ्य शिविरलाई समेत सम्वोधन गरेका छन । गृहमन्त्री जिल्ला आएकाले जिल्लाको सुरक्षा ब्यवस्था समेत कडा पारिएको छ । सुरक्षाका लागि सवै सुरक्षा निकायहरु परिचालन भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १३ आश्विन २०७५ शनिबार ००:००  ९ : ३२ बजे