१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

ला लिगा – रियल र बार्सिलोनालाई अर्को धक्का, फेरि बराबरीमा



मायादेवी अनलाइन

अघिल्लो खेलमा पराजय भोगेका स्पेनका दुई महारथी लिग लिडर बर्सिलोना र दोस्रो स्थानको रियल मड्रिड आ आफ्नो खेलमा बराबरीमा रोकिएका छन् । ।

बार्सिलोनाले एथलेटिकसँग १–१ गोलको बराबरी खेल्दा रियल मड्रिड एथलेटिको मडिङडसंग बराबरीमा रोकिएको हो । पहिलो हाफमा १ गोलले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा १ गोल फर्काउँदै बराबरी गर्न सफल भएको हो । एथलेटिकका ओस्कर डि मार्कोसले गोल गर्दै ४१ औं मिनेटमा अग्रता दिलाएका थिए ।

unn.prixa.net

 

त्यसपछि बार्सिलोनका लागि लियोनल मेस्सीको पासमा ८४ औं मिनेटमा मुनिरले गोल गर्दै बार्सिलोनाको सम्भावित हार टारेका थिए ।

बराबरीसँग १४ अंक सहित शीर्ष स्थानमा रहँदा एथलेटिक क्लब भने ७ अंक सहित १४औं स्थानमा छ ।

रियल मड्रिड पनि एथलेटिको मड्रिडसँग गोल रहित बराबरीमा रोकिँदै तालिकमा एक अंक थप गरेको छ । समान १४ अंक भए पनि गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा रहँदा रियल दोस्रो स्थानमा रहेको हो ।

रियलसँग बराबरीमा रोकिएको एथलेटिको मड्रिड १२ अंक सहित चौथो स्थानमा उक्लिएको छ ।

 

राति नै ला लिगा अन्तर्गतका खेलमा भ्यालेन्सियाले रियल सोसिडाड माथि १–० को जित निकालेको छ ।  जितसँगै भ्यालेन्सिया ८ अंक जोड्दै १२ स्थानमा आइपुगेको छ ।

तेस्रो स्थानको सेभिल्लाले आईबरलाई ३–१ गोल अन्तरले पाखा लगाएको छ । सेभिल्लाको जितमा आन्ड्रे सिल्भाले ४७औं, इभर बेनिजाले ५९औं तथा ९४औं मिनेटमा गोल गरेका थिए । खेल सकिन केही समय बाँकी रहेका बेला आईबरका लागि जोन जोर्डनले सान्त्वना गोल फर्काएका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७५ आइतबार ००:००  २ : ५३ बजे