१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

रोनाल्डोको प्रभावशाली प्रदर्शनमा युभेन्टसको जित



मायादेवी अनलाइन ।

इटालियन सिरिए फुटबलमा रोनाल्डो रहेको टिम युभेन्टस विजयी हुँदा अरु खेलमा इन्टर मिलान र रोमा पनि विजयी भएका छन् । प्रतियोगिताको शशक्त मानिएको अर्को क्लब नापोलीलाई रोनाल्डो प्रेरित युभेन्टसले ३–१ गोलको को जित निकाल्न सफल भयो ।

unn.prixa.net

शनिबार रातिको खेलमा रोनाल्डोले गोल गरेनन् तर पनि उनको खेल भने स्मरणीय रह्यो । युभेन्टसले ३ गोल ३ गोलगर्दा दुई गोलमा भने उनैले पास दिलाएका थिए । १०औं मिनेटमा नापोलीका डी मेट्रिन्सले गोल गर्दै अग्रता दिलाएपनि अन्त्यसम्म भने त्यसलाई जोगाउन सकेन । उल्टै ३ गोल खान बाध्य भयो । युभेन्टसको जितमा २६औं मिनेटमा बराबरी गोल भयो ।

क्रिष्टियानो रोनाल्डोले प्रहार गर्दा रिबाउन्स भएको बललाई मारियो मान्डुकिजले गोल गर्दै युभेन्टसलाई बराबरीमा ल्याएका थिए । यसैगरी मान्डुकिजले ४९औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दा युभेन्टस २–१ ले अघि बढेको थियो ।

निर्धारित समय सकिन १४ मिनेट बाँकी रहेका बेला लियोनार्दो बुन्सिले युुभेन्टसका लागि गोल गर्दै खेलको नतिजा ३–१ बनाएका थिए । जारी सिजनमा युभेन्टस अपराजित रहँदै २१ अंक सहित शीर्ष स्थानमा छ । पराजित भएको नापोली १५ अंक सहित दोस्रो स्थानमा रहेको छ ।


यसैगरी अर्को खेलमा इन्टर मिलानले कालगिरि माथि २–० को जित निकालेको छ । मिलानको जितमा १२औैं मिनेटमा मार्टिनेजले सुरुआती गोल गरेका थिए भने ८९ औं मिनेटमा माटियोले दोस्रो गोल थपेका थिए । जितसँगै इन्टर मिलान लिग तालिकाको चौथो स्थानमा छ ।

त्यस्तै रोमाले लाजियो माथि ३–१ को जित निकालेको छ । रोमा लिग तालिकाको छैटौं स्थानमा छ ।

प्रकाशित मिति : १४ आश्विन २०७५ आइतबार ००:००  ३ : ०२ बजे