१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

पीएसजीको पावरमा नेइमारको जादु



मायादेवी अनलाइन ।
पछिल्लो साय निकै लयमारहेका ब्राजिलियन स्टार नेयमारले सनसनीपूर्ण प्रदर्शन गरेपछि पिउसजीले फ्रेन्च लिग वनानमा नाइसलाई पराजित गरेको छ ।

नाइसको मैदानमा भएको खेलमा पिएसजीले ३–० को जित निकाल्यो । उसको जितमा नेइमारले २ गोल गर्न सफल रहे । यो गोलसंगै लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

२२औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा सो अग्रता कायम राखेको पीएसजीले दोस्रो हाफको पहिलो मिनेटमा नै अग्रता दोब्बर बनायो ।

क्रिष्टोफर एनकुंकुले गोल गरेका थिए । ५९औं मिनेटमा वालन साइप्रेन दोहोरो पहेँलो कार्डका कारण मैदानबाट बाहिरिएपछि नाइस १० खेलाडी सिमित बन्यो । त्यसपछि थप कमजोर बनेको नाइसमाथि नेयमारले इन्ज्युरी समयमा गोल गरे ।

यो दुई गोलसँगै नेयमारले फ्रेन्च लिग वनमा सात गोल पूरा गर्दै सर्वाधिक गोलकर्ताको सूचिको शीर्ष स्थानमा उक्लिएका छन् ।
जितसँगै पीएसजीले लिग वन तालिकामा नौ अंकको अग्रता लिएको छ । आठ खेलमा शतप्रतिशत जित निकाल्दै पीएसजीले तालिकामा २४ अंक बनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७५ आइतबार ००:००  ३ : १० बजे