१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

लिभरपूल  र चेल्सीले अंक बाँडे   



मायादेवी अनलाइन

इंग्लिस प्रिमियर लिगमा उत्कृष्ट लयमा रहेका दुवै टोली लिभरपूल  र चेल्सी बराबरीमा रोकिएका छन् । १–० ले पहिले अग्रता कायम गरे पनि अन्त्यसम्म चेल्सीले जोगाउन नसक्दा खेल बराबरीमा रोकियो ।

२५ औं मिनेटमा एडेन हाजार्डको गोलमा अग्रता बनाएको चेल्सीले अन्त्यतिर अग्रता जोगाउन नसक्दा लिभरपुलसँग अंक बाँड् बाध्य भयो ।लिभरपूलका लागि ८९औँ मिनेटमा ड्यानियल स्टुरिजले गोल गर्दै बराबरी गरेका थिए ।

८६औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका स्टुरिजले ३ मिनेट पछिनै गोल गर्दै लिभरपुलको सम्भावित हार टारेका थिए ।

शनिबार रातिको नतिजासँगै प्रिमियर लिगमा लिभरपुल दोस्रो स्थानमा छ ।समान १९ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा हुँदा गोल अन्तरका आधारमा लिभरपुल भने दोस्रो स्थानमा रहेको हो

प्रकाशित मिति : १४ आश्विन २०७५ आइतबार ००:००  ३ : १६ बजे