११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

निर्मला पन्त काण्ड – आज डिएनएको रिर्पोट सार्वजनिक हुँदै



काठमाण्डौं ।

निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा मुछिएका भनिएका एसएसपी प्रमुख डल्लीराज विष्ट सहित ३ जनाको डिएनए परीक्षणको रिपोर्ट आज सार्वजनिक हुँदै छ ।

साउन १० गते बलात्कार गरी हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भनी आशंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टसहित ३ जनाको डिएनए परीक्षण रिपोर्ट तयार भएपछि आज सरकारी वकिलको कार्यालय कञ्चनपुर मार्फत सार्वजनिक गरिने कञ्चनपुर प्रहरी प्रमुख कुवेर कडायतले बताउनु भएको छ ।

कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षणको नमुना संकलन गरी परीक्षण गरिएको थियो। यसअघि प्रहरीले मानसिक सन्तुलन गुमाएका दीलिपसिंह विष्टलाइ पक्राउ गरी डिएनए परीक्षण गरेको थियो। डिएनए परीक्षणमा उनको संलग्नता नदेखिएपछि उनलाई रिहा गरिसकिएको छ। दुई महिना बितिसक्दा पनि प्रहरीले निर्मलाका हत्यारा पत्ता लगाउन सकेको छैन।

प्रकाशित मिति : १४ आश्विन २०७५ आइतबार ००:००  ३ : ३४ बजे