१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दशै भित्रिए संगै उपत्यका छाड्ने बढ्दै



काठमाण्डौं ।
दसैंका लागि राजधानी छाड्ने क्रम सुरु भएको छ । प्रहरीका अनुसार उपत्यकाबाट स्थल मार्ग हुँदै बाहिरिने संख्या पछिल्लो एक सातामा पाँच लाख ६० हजारभन्दा बढी रहेको छ। नियमित आवागमनको तुलनामा दैनिक बाहिरिनेको संख्या १० देखि १५ हजारले बढी छ ।
महानगरीय ट्राफिक महाशाखाका सहप्रवक्ता प्रहरी निरीक्षक जितेश दाहालका अनुसार सार्वजनिक यातायातमा टिकट बुकिङ भएपछि उपत्यका छोड्नेको संख्या बढेको देखिन्छ । महाशाखाले यसवर्ष चाडपर्व मनाउन २० देखि ३० लाखको हाराहारीमा सर्वसाधरणले उपत्यका छोड्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७५ आइतबार ००:००  ३ : ४२ बजे