२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

बुद्धभूमिमा भवन मापदण्ड गोष्ठि शुरु, १४ बर्षे गुरुयोजना बनाइने



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले भू उपयोग तथा भवन निर्माण मापदण्ड निर्धारण कार्यशाला गोष्ठि आयोजना गरेको छ । नगरपालिकाको वडा नं. २ गोरुसिंगेमा शनिबार देखि शुरु भएको गोष्ठि सोमबार सम्म सञ्चालन हुने छ । गोष्ठिमा जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दल, उद्योगी व्यापारी, शिक्षक, पत्रकार लगायतको उपस्थिती रहेको छ ।

बुद्धभूमि नगरपालिकाको आगामी १४ बर्षे गुरुयोजना तयार पार्नका लागि गोष्ठिमा छलफल हुने छ । नगरपालिकाको आगामी गुरुयोजना बनाउनका लागि गोष्ठि महत्वपूर्ण रहेको नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो ।

दुई दिन सम्म चल्ने गोष्ठिबाट नगरपालिका भित्रका बस्ती, सडक, कृषि, पर्यटन, उद्योग कलकारखाना, व्यापारीक केन्द्र कहाँ राख्ने र कसरी व्यवस्थापन गर्ने भन्ने बारे बृहत छलफल हुने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । यसभन्दा अगाडी पहिलो चरणको गोष्ठि सम्पन्न भैसकेको उहाले बताउनुभयो ।

गोष्ठिमा आइतबार विषयगत क्षेत्रबाट प्रतिनिधित्व गर्ने सरोकारवालाको सहभागीता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताउनुभयो । गोष्ठिलाई सहरी विकास तथा भवन विभागले सहयोग गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७५ आइतबार ००:००  ३ : ४९ बजे