८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू



मायादेवी अनलाइन, कपिलवस्तु ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दसैं, तिहारजस्ता चाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । कपिलवस्तु प्रहरीले भारत हुदै नेपाल आउने यात्रुहरुलाई मध्यनजर गर्दै सीमानाकामा प्रहरी घटाएको छ ।

जिल्लाका मर्यादपुर, चाकडचौडा र कृष्णनगरमा विशेष सुरक्षा व्यवस्थामा तयारी पारीएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक रवि रावलले रेडियो मायादेवीलाई जानकारी दिनुभयो ।

यस्तै प्रहरीले राजमार्ग क्षेत्रमा पनि गस्ती अभियानलाई तीव्र पारेको उहाले बताउनुभयो । सार्वजनिक बसमा यात्रा गर्ने यात्रुलाई सहजताको लागि प्रहरी परिचालन गरिएको उहाको भनाई छ । आउदै गरेका दसैं, तिहार लगायतका चाडपर्व लक्षित विशेष सुरक्षा व्यवस्था परिचालन गरिएको प्रहरीले जनाएको छ ।

चाठपर्वमा बढी भीड हुने स्थानहरु बस टिकट काउन्टर, बैंक तथा वित्तीय संस्था, ठूल्ठूला सपिङ मलहरुमा विशेष निगरानीका साथ प्रहरीहरु परिचालन गरिएको पनि प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १५ आश्विन २०७५ सोमबार ००:००  १ : ३९ बजे