१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

इन्टरनेटमा दिनभरी समस्या, कामकाज प्रभावित



मायादेवी अनलाइन, कपिलवस्तु ।

वाणगंगा क्षेत्रमा सोमबार विहान देखि दिनभर इन्टरनेटमा समस्या आएको छ । इन्टरनेटमा समस्या आए पछि यस क्षेत्रका सरकारी तथा वित्तिय संघ संस्था दिनभरी प्रभावित भएका छन् । सरकारी कार्यालयमा इन्टरनेट मार्फत हुने सम्पूर्ण काम रोकिए भने बैंकहरुमा बैंकिङ कारोबार गर्न समस्या भयो ।

इन्टरनेट नचल्दा सर्भर पूर्ण रुपमा बन्द गएको वाणगंगा नगरपालिकाले जनाएको छ । नगरपालिकामा सेवा लिन आएका सेवाग्राहीहरुलाई इन्टरनेटको कारण सेवा दिन समस्या भएको नगरपालिकाले जनाएको छ । बैंक तथा वित्तिय संस्था पनि इन्टरनेटको कारण बढी प्रभावित भए । बढी इन्टरनेटको काम बैंकिङ क्षेत्रमा हुने भएकोले इन्टरनेट नचल्दा देशभरी काम प्रभावित भएको हो ।

यस्तै इन्टरनेट चल्न नसक्दा सञ्चार माध्यम पनि बढी प्रभावित भएका छन् । समाचार लगायतका काम इन्टरनेटबाट हुने भएपनि दिनभर इन्टरनेट नचल्दा समाचार प्रशारण गर्न समस्या परेको यस क्षेत्रका सञ्चार माध्यमले जनाएका छन ।

इन्टरनेट के कारणले चल्न नसकेको हो पत्ता लाग्न सकेको छैन । यद्यपी कतिपय इन्टरनेट कम्पनीका अनुसार वाणगंगा नगरपालिकाको वडा नं. २ कोठी खोलाबाट समस्या आएको छ । वाणगंगा नगरपालिकाले आज राखेको सरसफाई अभियान अन्तर्रगत त्यस क्षेत्रमा रहेका बुट्यान सफाई गर्दा इन्टरनेटको तारा काटिए पछि इन्टेरनेट सेवा बन्द भएको बताइएको छ ।

दिनभर नचलेको इन्टरनेट अहिले सवा चार बजे देखि सञ्चालनमा आएको छ । यस क्षेत्रमा वल्र्ड लिंक, सुविसु, ब्रोड लिंक, वेव नेटवर्क, टेक माइन लगायतका इन्टरनेट सञ्चालनमा छन् ।

 

प्रकाशित मिति : १५ आश्विन २०७५ सोमबार ००:००  १० : ४१ बजे