१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अर्घाखाँचीमा मलामी बाकेको जीप दुर्घटना, १३ जना घाइते, ५ जनाको अवस्था गम्भीर



प्रेमनारायण आचार्य, अर्घाखाँची ।
जिल्लाको शितगंगा नगरपालिका–२ सितापुरको फलाचौर मोडमा जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।
मालारानी गाँउपालिका ६ हंशपुर काफलठुटाबाट नवलपरासी त्रिवेणीमा आफन्तको दाहसंस्कार गरि फर्कने क्रममा फलाचौर मोडमा लु १ ज २३६९ नम्बरको जीप दुर्घटना भएको थियो । घाइते सबैलाइ प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि बुटवल पठाउने तयारी भैरहेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक कमल परियारले बताउनु भयो ।
मालारानी ६ काफलठुटाका अन्दाजी ८८ वर्षका ज्ञानधर पुनको निधन पछि अन्तिम दाहसंस्कारको निम्ती नवलपरासी त्रिवेणी पुगेर फर्कंदा बिहान ४ बजे जीप दुर्घटना भएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७५ मंगलबार ००:००  १ : ३० बजे