२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

खाली पेटमा काँचो लसुन खानुको यस्ता छन फाइदा



एजेन्सी ।
लसुनले हामीले खाने खानेकुरालाई स्वादयुक्त मात्रै बनाउँदैन । यसको नियमित सेवनले हाम्रो शरीरमा रोगसँग लड्ने क्षमताको पनि विकास गराउँछ ।
लसुनमा हुने एलियम नामक तत्वले हाम्रो शरीरमा एन्टिबायोटिक सरहको काम गर्छ, जसले हाम्रो शरीरमा देखिने धेरै खालका रोगको उपचारमा सहयोगी बन्छ । खाली पेटमा नियमित लसुनको सेवन गर्नाले उच्च रक्तचाप कम गर्नुका साथै अन्य धेरै पाइदा गर्छ ।
यी हुन् खाली पेटमा लसुन खानुका फाइदा –
हरेक बिहान काँचो लसुन मनतातो पानीसँग खानाले मोटोपन घटाउनुका साथै शरीरमा कोलेस्ट्रोलको मात्रा कम गर्न सहयोग गर्छ ।
 नियमित खाली पेटमा काँचो लसुनको सेवन गर्नाले उच्चरक्तचापको समस्या नियन्त्रण गर्नुका साथै मुटुरोगबाट बच्न सकिन्छ ।

 काँचो लसुन नियमित खानाले शरीरमा मधुमेह नियन्त्रण गर्न सहयोग गर्छ ।

 काँचो लसुन खाली पेटमा नियमित सेवन गर्नाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै पेटको विकारलाई कम गर्न सहयोग गर्छ ।

प्रकाशित मिति : १७ आश्विन २०७५ बुधबार ००:००  १० : १६ बजे