१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शिवपुरको बेलौती चोकमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु, पहिचान खुलेन



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ को वडा कार्यालय अगाडि बेलौती चोकमा टिप्परले मोटरसाइकलाई ठक्कर दिदा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन ।
दुर्घटना अघि भर्खरै भएको बताइएको छ । मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन । मृत्यु हुनेमा अन्दाजी २५ बर्षिय जस्तो देखिने युवा रहेका छन ।
चनौटाबाट भालुबान तिर जादै गरेको लु ६ प ४९६ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको रा १ ख ७३२ नम्बरको टिप्पर एक आपसमा ठोकिदा उक्त घटना भएको हो । टिप्पर प्रहरीको निगरानीमा छ भने चालक भागेका छन ।

प्रकाशित मिति : १७ आश्विन २०७५ बुधबार ००:००  १० : ३३ बजे