१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

टिप्परको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको पहिचान खुल्यो, एक जना गम्भिर घाइते



अराज सिहं बेल्बासे, कपिलबस्तु ।

कपिलबस्तुको शिबराज नगरपालिका १ शिबपुरमा मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भिर घाइते भएका छन । पुर्वबाट पश्चिम जाँदै गरेको लु ६ प ४९६ नम्बरको मोटरसाइकल तीव्र गतिको कारण अनियन्त्रित भइ लु १ ख ६७ ३२ नम्बरको टिप्पर सँग ठोक्किँदा मोटरसाइकल चालक दाङको गढवा निवासी ३० बर्षिय रनसिंह कुमालको घटना स्थलमै ज्यान गएको हो ।

दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीको सितगंगा नगरपालिका ९ निवासी सुजन रोका गम्भिर घाइते भएका छन् । उनलाई उपचारको लागि अञ्चल अस्पताल बुटवल रिफर गरिएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ । ठक्कर दिने टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन ।

प्रकाशित मिति : १७ आश्विन २०७५ बुधबार ००:००  ११ : १७ बजे