१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तु नेपाल मै महत्वपूर्ण सम्पदा र सभ्यता बोेकेको स्थान : मुख्यमन्त्री पोखरेल



मायादेवी अनलाइन, कपिलवस्तु । 

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले धेरै इटा उद्योग रहेको कपिलवस्तुको प्राचिनतालाई बुझेर अघि बढ्नुपर्ने बताएका छन् । कपिलवस्तु काठमाण्डौं भन्दा पनि पहिलेको मानव बस्ती भएको प्राचिन ऐतिहासिक सभ्यता बोकको स्थान हो, यहाँको जमिनमुनीको संरचना जोगाउन उद्योगहरुले विशेष ख्याल राख्नुपर्छ, उनले भने ।

घरघरमा शिक्षा तथा आत्म निर्भर सामाजिक विकास संस्थाद्धारा संचालित बेटर ब्रिक नेपाल परियोजनाले बुटवलमा आयोजना गरेको बाध्यकारी तथा इच्छा विपरित श्रम उन्मुलन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

मुख्यमन्त्री पोखरेलले नेपालको अत्यन्तै महत्वपूर्ण सम्पदा मध्ये धेरै कपिलवस्तुमा रहेको उल्लेख गर्दै सवै सम्पदा माटोमुनी रहेकाले इटा उद्योगले पनि माटोको उत्खनन गर्दा यसतर्फ उद्योग व्यवसायी सचेत हुन आग्रह गरेका छन् ।

अस्तित्व र पहिचान भैसकेको मानव सभ्यता कपिलवस्तुमा रहेकाले यसको ऐतिहासिक महत्व धेरै छ उनले भने । चिनिया उखानको प्रसंग उल्लेख गर्दै उनले भने, हामी नेपाली सुनको कटौरा लिएर माग्न हिडिरहेको जस्तो भइरहेका छौं । अथाह श्रोत सम्पदा र सभ्यता रहेको नेपालमा धेरै अवसर रहेको बताए ।

 

प्रकाशित मिति : २० आश्विन २०७५ शनिबार ००:००  ५ : २७ बजे