११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

‘म सफा गर्छु मेरो नगर’ अभियान वडा नं. ४ मा शुभारम्भ (फोटो फिचर सहित)



मायादेवी अनलाइन, कपिलवस्तु ।

‘म सफा गर्छु मेरो नगर’ अन्तर्रगत आइतबार वडा नं. ४ मा अभियानको शुभारम्भ गरिएको छ । चारनम्बर चोकमा विहान एक कार्यक्रम आयोजना गरी अभियानको उद्घाटन गरिएको हो ।

सरफाई अभियानको प्रतिनिधि सभा सदस्य अत्तहर कमालले उद्घाटन गर्नु भएको थियो । उद्घाटन गर्दै उहाँले नगरपालिकाले गरेको कार्य प्रदेशमै उदाहरणीय भन्दै नगर सफा गर्ने अभियानमा सबै जनाको समान सहभागिता हुनु पर्ने बताउनु भयो । उहाँले  अभियानमा नगरबासीको उल्लेख्य सहभागीता हुनु राम्रो कुरा भएको बताउनुभयो । नगरलाई सफा, सुग्गर र रमणीय बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै नगर प्रमुख थारुले वडा नं. ४ का वडाबासीले पनि अभियानमा भरपुर साथ दिने विश्वास व्यक्त गर्नुभयो ।

वडा नं. ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले वडाबासीलाई आ आफ्नो टोल सफा गर्न आग्रह गर्नुभयो । केही दिन चल्ने अभियानले सिंगो वडा नगरकै सफा सुग्गर हुनेमा उहाले विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष क्षेत्रीले बजारमा सफाइलाई विशेष रुपमा सफल गराउनु पर्ने भन्दै आफ्नो पसल अगाडी कम्तीमा २ वडा डस्टबीन राख्न ब्यापारीलार्ई आग्रह गर्नुभएको छ । उहाँले त्यसो नगर्ने व्यावसायी तथा ब्यापारीलाई नगर तथा वडाबाट पाउने सुविधाबाट बञ्चित गरिने चेतावनी दिनुभयो ।

यसरी शुरु भयो वडा नं. ४ मा अभियान (फोटो फिचर सहित)

प्रकाशित मिति : २१ आश्विन २०७५ आइतबार ००:००  २ : १७ बजे