१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रणमा शसस्त्र प्रहरी बल पिपरा सक्रिय, समात्यो चार ट्याक्टर



मायादेवी अनलाइन, वाणगंगा ।

चाडपर्वको मौका छोपी कपिलवस्तुको वाणगंगा नदीबाट नदीजन्य पदार्थको चोरी निकासी गर्ने क्रम बढेको छ । रातको समयमा नदीजन्य पदार्थको चोरी निकासी बढेको सर्वसाधारणले बताएका छन् । वाणगंगा नदीमा पर्ने विभिन्न नाकाबाट रातभर चोरी निकासी हुने गरेको स्थानीयले बताएका छन् । सोही क्रममा गएराती शसस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प पिपराको सकृतामा ४ वटा ट्याक्टर पक्राउ परेका छन् ।

पूर्व पश्चिम राजमार्गको वाणगंगा नदी पुलको दक्षिण क्षेत्रबाट नदीजन्य पदार्थ चोरी निकासी गर्दा गएराती शसस्त्र प्रहरी बल पिपराले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा मध्यरातको समयमा नदीजन्य पदार्थ चोरी गरिरहेका ट्याक्टरलाई शसस्त्र प्रहरी बल पिपराबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको शसस्त्र प्रहरी नायव उपरिक्षक नविन अग्रहरीले बताए ।

पक्राउ परेका ४ वटा ट्याक्टरलाई जरिवाना काट्न वाणगंगा नगरपालिकामा पठाइएको बताइएको छ । नदीजन्य पदार्थको चोरी निकासी गर्दा नगरपालिकाले १५ हजार जरिवाना काट्दै आएको छ । यसरी चोरी निकासी गर्ने ट्याक्टरलाई कम जरिवाना गर्दा पनि वाणगंगा नदीबाट चोर्नेक्रम नरोकिएको स्थानीय बताउछन् ।

प्रकाशित मिति : २२ आश्विन २०७५ सोमबार ००:००  ५ : ५३ बजे