१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘म सफा गर्छु मेरो नगर’ अभियानमा जनताको उत्साहजनक सहभागीता



मायादेवी अनलाइन, कपिलवस्तु ।
गत हप्ता देखि वाणगंगा नगरपालिकाले शुरु गरेको ‘म सफा गर्छु मेरो नगर’ अभियानमा आमसर्वसाधारणको उत्साहजनक सहभागीता देखिएको छ । सरसफाईको माध्यमबाट नगरलाई प्रदेश ५ मा मात्र नभई मूलक मै उदाहरणीय बनाउने उद्देश्यले आयोजना भएको सफाई अभियानमा प्रत्येक वडाबाट नागरिकहरुले भरपुर साथ दिएका छन ।
वाणगंगा वडा नं. २ पिपराको कोठी खोलाबाट शुरु भएको अभियान अहिले प्रत्येक गाउँ गाउँमा प्रवेश गरेको छ । हरेक वडाका नागरिकहरु दैनिकजसो विहानै भेला भएर सडक वरपर रहेका अवरोधहरु हटाउदै सरसफाईमा सरिक भएका हुन ।
सरसफाईको क्रममा सडकलाई अवरोध गर्ने खालका रुखविरुवाको कटान एका तर्फ भरहेको छ भने अर्का तर्फ सड्ने तथा नसड्ने फोहरहरुलाई छुट्टा छुट्टै डस्टविनमा राखेर व्यवस्थापन गरिएको नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले बताउनुभयो । सफाई अभियान शुरु भए संगै सम्बन्धित क्षेत्रहरुको वातावरण पनि हराहर भएको स्वय्म नागरिकहरु बताउँछन ।
वाणगंगा नगरका १ देखि ११ सम्मका वडाहरुका वडा अध्यक्ष, वडा सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि र सर्वसाधारण जम्मा भएर नगरपालिकाको अभियानलाई सफल बनाउन लागि परेका छन ।
यसैबीच वडा नम्बर ४ का झँगाका स्थानीयले पनि सरसफाइ आभियान सुरु गरेका छन् । भने ठाकुरापुर, गजेहडा, चारनम्बर, बुङ्ची, डुंगहवा लगायतका ठाउँमा पनि धमाधम सरसफाइ अभियान जारी छ ।
नगरले शुरु गरेको अभियानमा आफुहरुले सोचभन्दा पनि उलेख्य सहभागीता रहेकोमा स्थानीय जनप्रतिनिधि खुसी भएका छन । नगरका सबै वडामा पूर्णरुपमा सरसफाई गरि सकेपछि वडा नं. ७ को कोइली खोला सिमानामा पुगेर समापन हुने नगरपालिकाका प्रबक्ता विष्णु पौडेल बताउँनुहुन्छ ।

प्रकाशित मिति : २३ आश्विन २०७५ मंगलबार ००:००  १ : ४६ बजे