१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हिन्दूहरुको महान चाड बडादशै सुरु, आज घटस्थापना



कपिलवस्तु । 

आज देखि नेपालीहरुको महान पर्व बडा दशै शुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना । आजबाट घरका पूजाकोठा तथा देवी मन्दिरमा देवी आवाहन गरी माता शैलपुत्रीको पूजा सुरु गरेर दशैलाई स्वागत गरिदै छ ।

आजै दशैंघरमा घटस्थापना गरी दशैंको टीकाका दिन लगाइने जमरा राखिन्छ । आज बिहान ७ बजेर १५ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको पञ्चाङग निर्णायक समितिले सार्वजनिक गरेको छ । सम्पूर्ण सनातन जगत र नेपाली समाजमा मनाइंने महान् पर्व बडा दशैंको प्रथम दिन आश्विन शुक्लप्रतिपदा देखि घरघरमा घटस्थापना गरी भगवती दुर्गा भवानीको पूजाआजा आरम्भ गरिन्छ ।

नवरात्रको यस अवधिमा आदिमाता आद्यशक्ति महामाया देवी भगवतीका विभिन्न रुपको प्रतिदिन विधिपूर्वक पूजा गरिन्छ । नवरात्रका प्रत्येक दिन देवीका दश अवतारको फरकफरक विधिले पूजा गरी शक्ति जगाई आफूले अभीष्ट सिद्धि प्राप्त गर्ने प्रयास गरिन्छ । दशै शक्ति उपासना र जीवनोत्थानका लागि अध्यात्म साधनाको पर्व हो । दशैंको प्रथम दिन शक्तिपीठ, देवीमनिदर तथा घरघरमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिन्छ ।

नवरात्रको पहिलो दिन आदिशक्ति भगवतीको प्रथम रुप माता शैलपुत्रीको पूजाआजा गरिन्छ क्लै छरेर पनि जमरा राखिन्छ । अत्यन्तै शक्तिशाली अन्न जौको बीजबाट उमारिएको हुँदा यसलाई जमरा भनिएको हो । जमरा देवीलाई औधी मनपर्ने वनस्पतिको रुपमा लिइन्छ ।

प्रकाशित मिति : २४ आश्विन २०७५ बुधबार ००:००  १२ : ५१ बजे