१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मायादेवी गाउँपालिका मंसिर भित्रै खुल्ला दिसामुक्त हुने



मायादेवी अनलाइन, पकडी ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाले सरसफाई सम्बन्धि रणनैतिक कार्ययोजना निर्माण गरेको छ । विहीबार स्वास्थ्य चौकीको सभाहल पकडीमा बसेको गाउँपालिका स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले सो निर्णय गरेको हो ।
मायादेवी गाउँपालिकाका सबै घरधुरीमा शौचालय निर्माण यही मंसिर मसान्त सम्म खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य अनुरुप यही असोज २६ गते पकडीमा सबै गाउँ टोलमा गई माइकिङ गर्ने, २७ गते देखी ३० गते सम्म वडा स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको अगुवाईमा सुरक्षाकर्मी, सरसफाई अभियान्ता र सरोकारवालाको सहभागितामा घरदैलो तथा अनुगमन गर्ने निर्णय समेत गरेको छ ।
साथै सो बैठककले बजार सरसफाईका लागी पकडी, चाकरचौडा, बर्रोहिया, डुमरा, फुलिका लगायतका मुख्य बजार क्षेत्रहरुमा फोहोर व्यवस्थापनका लागी बाल्टिन बितरण गर्ने निर्णय समेत गरेको छ । सो बैठकमा बोल्दै मायादवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले मायादेवी गाउँपालिकालाई सरसफाई युक्त नमुना गाउँपालिका बनाउन सबै जना लाग्नुपर्ने कुरामा जोड दिनुभयो सो को लागी आफुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
सो अवसरमा बोल्दै गाउँपाालिका उपाध्यक्ष गीता तिवारीले मायादेवी गाउँपालिकाकलाई यही मंसिर १५ भित्र खुला दिसा मुक्त क्षेत्र घोषणा गर्न आफुहरुले जिल्लामा प्रतिबद्धता जाहेर गरेकाले सोही अनुरुप कार्यक्रम संचालन गर्नुपर्ने कुरामा जोड दिनुभयो । सो कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउन मायादेवी गाउँपालिका वार्ड नं १ पकडीका वडाध्यक्ष हरिगोविन्द चौधरीको संयोजकत्वमा १७ सदस्यिय अनुगमन समिति गठन गरिएको छ ।
मायादेवी गाउँपालिकाको बिगत ३ महिनाको कार्यप्रगती र आगामी कार्ययोजनाका बिषयमा मायादेवी गाउँपालिकाका खानेपानी तथा सरसफाई संयोजक थानेश्वर अधिकारी सहजीकरण गर्नुभएको सो कार्यक्रममा ३० जनाको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७५ बिहिबार ००:००  ३ : ०२ बजे