१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

युवती माथि सामूहिक बलात्कार, दुई अभियुक्त पक्राउ



बुटवल । 

देशमा पछिल्लो समय बलात्कारका घटना दिनप्रतिदिन बढ्दै गएको बेला रुपन्देहीमा एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । बुटवलमा मेला घुमाएर फर्किने क्रममा देवदह नगरपालिका १० चरंगेको शिवनगर जंगलमा सामूहिक बलात्कार गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएकी छन् ।  १६ वर्षकी युवतीको उजुरीका आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

घटना विवरण अनुसार यही असोज २३ गते राती ८ बजे मेला हेरेर फर्किने क्रममा शिवनगर वनमा सामुहिक बलात्कार गरेको उजुरी युवतीले दिएपछि २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले जानकारी दिनुभयो ।

बलात्कारको अभियोगमा देवदह १० का ३५ वर्षीय उदय थापा र बुटवल ७ का २६ वर्षीय कृष्ण थापा पक्राउ परेका हुन्। युवतीलाई मोटरसाइकलमा राखेर जंगलमा र्पुयाउने अर्का एक जना फरार छन्। घटनास्थलबाट प्रहरीले प्रयोग भएका ४ थान कण्डम, फुटेका चुरा बरामद भएको जनाएको छ। बलात्कृत युवती उपचारपछि घरमा आराम गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ आश्विन २०७५ शुक्रबार ००:००  १२ : ४० बजे