१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दाङबाट खसीबोका पठाउन ढुवानी समस्या



दाङ ।
दसैंका लागि हरेक वर्ष दाङबाट काठमाडौं पठाउँदै आएको खसीबोका यस वर्ष नपठाउने भएको छ । खाद्य संस्थान केन्द्रीय कार्यालय काठमाडौंले चाडपर्वका लागि यस वर्षको दसैंका लागि दाङबाट ५०० वटा खसीबोका मगाएको थियो। तर, खाद्य संस्थान अञ्चल कार्यालय दाङले खसीबोका उपलब्ध गराउन नसक्ने भएको छ ।
ढुवानीको समस्याले दाङबाट खसीबोका काठमाडौं पठाउन नसकिएको अञ्चल कार्यालय दाङका निमित्त प्रमुख कृष्ण चौधरीले बताउनुभयो । विगतमा भाडाका गाडीबाट खसी–बोका काठमाडौं पठाइए पनि यस वर्ष भाडाका गाडीले ढुवानी गर्न नमानेकाले पठाउन नसकेको कार्यालयका निमित्त प्रमुख चौधरीले बताउनुभयो ।
गाडीमा लाँदा बाटोमै मर्ने र त्यो घाटा सम्बन्धित गाडीवालाले नै व्यहोर्नुपर्ने भएकाले गाडीवालाले ढुवानी गर्न नमानेको बताइएको छ । दाङबाट बर्सेनी दसैं, तिहार, छठपर्वका लागि खसी–बोका मगाउँदै आएको छ । गत वर्ष दाङबाट ३८५ खसी–बोका काठमाडौैं पठाइएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७५ शुक्रबार ००:००  १२ : ४५ बजे