१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

टि-ट्वाण्टी छनौट खेलमा मलेसियाले दिएको ८७ रनको लक्ष्य पछ्याउँदै नेपाल



एजेन्सी ।
मलेसियाको क्वालालम्पुरमा जारी आईसीसी विश्वकप एसिया क्षेत्र छनौटमा सिंगापुरले नेपाललाई ८७ रनको लक्ष्य दिएको छ ।
एस चन्द्रमोहनले २५, मनप्रीत सिंहले १० र सिद्धान्तले १० रन बनाएका थिए । बाँकी ७ जनाले दोहोरो अंकको रन बनाउन सकेनन् ।
नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङ गरेको सिंगापुरले खेल रोकिनुअघि ९ ओभरको खेल सकिँदासम्म ३ विकेट गुमाउँदै ४८ रन बनाएको थियो ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वा्धिक ४ विकेट लिए । ३.३ ओभर बलिङ गरेका सन्दीपले १६ रन खर्चेर ४ विकेट लिएका हुन् । त्यस्तै सोमपाल कामी र करण केसीले २–२ विकेट लिँदा ललित राजवंशी र बसन्त रेग्मीले एक–एक विकेट हात पारे ।

प्रकाशित मिति : २६ आश्विन २०७५ शुक्रबार ००:००  ८ : ३५ बजे