८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

सापकोटा दम्पतीले कावासोतीमा लाखौँ ठगे, अहिले कता छन अत्तोपत्तो छैन !



नवलपरासी ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक दम्पती लाखौँ रुपैयाँ ठगेर फरार भएका छन् । दम्पती प्रेम सापकोटा र भगवती सापकोटाले १ करोड ६७ लाख ठगी गरेको भन्दै उनीहरु विरुद्ध कावासोती नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ ।

छिमेकी तथा आफन्तसहित ३२ जनाबाट विभिन्न बहाना बनाएर लाखौँ रुपैयाँ सापटी लिई सापकोटा दम्पति सम्पर्क्बिहीन भएका छन्। कावासोती नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक प्रेमशङ्कर मर्द्नियाले सो विषयबारे छलफल भइरहेको बताउनुभयो ।

सापकोटा दम्पतिले विभिन्न पसलबाट सामान खरिद गरेर रकम तिरेका छैनन् । अधिकांशले कागज नगरी सापकोटा दम्पतिलाई रकम दिएका छन् । सबैभन्दा बढी कावासोती–८ का सुनिता तिमिल्सिनाले उनीहरुलाई ३० लाख दिनुभएको छ ।

‘सापकोटा दम्पतीले छोरालाई विदेश पठाउन भनी दुई÷चार दिनमै रकम फिर्ता गर्ने गरी सापटीस्वरुप रकम मागेका हु,’ पडित तिमिल्सिनाले भन्नुभयो ।यस्तै स्थानीयवासी झवकला तिवारीले सापकोटा दम्पतिलाई २५ लाख दिनुभएको छ । यस्तै अन्यको ५० देखि १० लाखसम्म रकम लिएर सापकोटा सम्पती फरार भएका छन् ।

सापकोटा दम्पतिले छिमेकी र आफन्तबाट सहकारीको ऋण तिर्न, छोरा विदेश पठाउन, छोराछोरीको पढाइ खर्च तिर्न, उपचार गर्ने बहानामा रकम सापट माग्ने गरेका थिए । सापकोटा दम्पतिले कावासोतीको घर बिक्री गरी गत जेठदेखि फरार छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले लेनदेनको विषयमा आवश्यक प्रमाण नभएको खण्डमा जाहेरी लिन नमिल्ने व्यवस्था अनुसार सापकोटा दम्पती विरुद्ध जाहेरी नलिएको बताउनुभयो ।

प्रकाशित मिति : २६ आश्विन २०७५ शुक्रबार ००:००  १ : ५१ बजे