१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भारतको एक होटलमा बन्धक नेपाली महिलाको उद्धार



कपिलवस्तु ।

भारतको नयाँ दिल्ली स्थित पहाडगंजको एक होटलबाट वैदेशिक रोजगारिको शिलशिलामा बन्धक नेपाली महिलालाई उद्धार गरिएको छ । के. आई. नेपाल, दिल्ली महिला आयोग र दिल्ली पुलिसको संयुक्त प्रयासमा ८ जना नेपाली महिला तथा किशोरीको उद्धार गरिएको हो ।

१९ देखि ३७ बर्ष उमेरका उक्त महिला तथा किशोरीहरुलाई विभिन्न बहानामा कुवेत तथा इराकमा रोजगारीमा पठाइदिने लगिएको थियो । उनीहरुलाई ३ दिनदेखि १ महिनासम्म  नेपालका विभिन्न जिल्लाहरुबाट दिल्ली पुर्याई बन्धक बनाएर राखिएको जानकारी के.आई. नेपाललाई प्राप्त भए पश्चात उद्धार प्रकृया अगाडि बढाइएको थियो ।

उद्धार गरिएका महिला तथा किशोरीहरुलाई दिल्ली महिला आयोगको सहकार्यमा दिल्ली स्थित पुनस्र्थापना केन्द्रमा राखी परामर्श दिने कार्य भईरहेको के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले बताउनुभएको छ ।

उद्धार गरिएका महिला तथा किशोरीहरुले लामो समयको बन्धकबाट मुक्त भई हुदा खुसीभएका छनु । दशैको अवसरमा घर तथा परिवारमा पुनर्मिलन हुने आशमा उनिहरु छन् । ती महिला तथा किशोरीहरुलाई आवश्यक कानुनी प्रकृया पुरा गरी स्वदेशफिर्ती गरी परिवारमा पुनर्मिलन गराइने दिल्लीस्थित  के. नेपालका प्रतिनिधि नवीन जोशीले  जानकारी दिनुभएको छ ।

के. आई. नेपालले  गत साउन ९ गते भारतको नयाँ दिल्लीस्थित मुर्निकाको एक कोठाबाट १६ जना नेपाली महिला तथा किशोरीको उद्धार गरेको थियो ।

यस्तै साउन १५ गतेका दिन भारतको नयाँ दिल्लीस्थित पहाडगंजबाट ३९ जना गरेको थियो भने ५२ जना महिला तथा किशोरीहरुलाई स्वदेश फिर्ता पश्चात परिवारमा पुनर्मिलन गराउन सफल भएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७५ शनिबार ००:००  १ : ०९ बजे