१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विपद्जन्य क्षति न्यूनीकरण गर्न सरकारी र नीजि क्षेत्र लाग्नुपर्छ – गृहमन्त्री थापा



काठमाण्डौ ।

अन्तराष्ट्रिय विपद् व्यवस्थापन दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नेपालमा पनि हरेक वर्ष अक्टोबर १३ मा नेपालमा पनि अन्तराष्ट्रिय विपद् व्यवस्थापन दिवस मनाउने गरिन्छ । यसै अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापाले विपद्बाट हुने मानवीय तथा आर्थिक क्षतिलाई न्यूनीकरण गर्न लगानी बढाउन आह्वान गर्नुभयो ।

सरकारी, गैरसरकारी र निजी क्षेत्रले लगानी बढाउन सके विपदबाट हुने मानवीय तथा आर्थिक क्षतिलाई न्यूनीकरण गर्दै लैजान सकिने गृहमन्त्री थापाको भनाई छ ।

नेपालमा हरेक वर्ष बाढी, पहिरोजस्ता विपद्का कारण हजारको संख्यामा मानवीय क्षति हुनेको गरेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी करोडौंको आर्थिक क्षति हुने गरेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७५ शनिबार ००:००  ९ : १४ बजे