१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बारामा बालकको अपहरणपछि हत्या



मायादेवी अनलाईन । बारामा ५ वर्षका बालकको अपहरणपछि हत्या भएको छ । गएको बुधबार अपहरणमा परेका सिम्रौनगढ नगरपालिका ३ नयका टोलका धनेश्वर राय यादवको ६ वर्षका छोरी दीपकको शव भेटिएको हो ।

हराएको ४ दिनपछि बालकको शव गएराती गाउँ नजिकैको झाडीमा फेला परेको प्रहरीले जनाएको छ । बालक अपहरणको आरोपमा स्थानीय १७ वर्षका हरेन्द्र कुशवहा र श्यामसुन्दर बैठालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ । उनीहरुले बालकका बुबा धनेश्वरसँग १० लाख फिरौती माग गरेका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०७५ आइतबार ००:००  ६ : ५३ बजे