१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दुई महिनामा सरकारले बनायो १ सय ६० भन्दा बढी कानुन



काठमाण्डौ । 

दुई महिनाको अवधिमा सरकारले १ सय ६० भन्दा बढी कानुन निर्माण गरेको छ । चालू आर्थिक वर्ष २०७५र७६ सुरु भएयता उक्त संख्याका कानुन निर्माण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसैगरी सरकारले अब अनलाइन प्रणालीमार्फत मन्त्रालयको गतिविधिको निरीक्षण गर्ने भएको छ । यसका लागि ‘अनलाइन मनिटरिङ सिस्टम’ तयार गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उक्त प्रणालीमार्फत सरकारका नीति तथा कार्यक्रम र वार्षिक बजेटलाई कार्यान्वयन गर्नका लागि सम्बन्धित मन्त्रालयबाट पेस भएका कार्ययोजनाहरूको उपलब्धिको मापन हुनेछ । आगामी दिनमा प्रत्येक मन्त्रालयले आफूले सम्पादन गरेका कार्यहरूको मासिक प्रतिवेदन पेस गर्ने र त्यसको मूल्यांकन पनि सोही अनलाइन प्रणालीमार्फत नै हुनेछ । कार्यउपलब्धिका आधारमा सरकारले अबदेखि प्रत्येक महिना उत्कृष्ठ निकाय घोषणा गर्ने जानकारी कार्यालयले दिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७५ आइतबार ००:००  ८ : ३९ बजे