१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

टर्कीमा लरी खस्दा बालबालिका सहित २२ जनाको ज्यान गयो



एजेन्सीको सहयोगमा ।
टर्कीमा लरी दुर्घटना हुँदा कम्तिमा २२ जनाको ज्यान गएको छ । टर्कीको पश्चिमी प्रान्त इजमिरमा बाटो छेउको बारमा आप्रवासी चढेको लरी ठोक्किएर नहरमा खसेपछि दुर्घटना भएको थियो । लरी २० मिटर तल खसेकाले दुर्घटना भयानक बनेको हो ।ज्यान गुमाउनेमा बालबालिका पनि रहेका छन् ।

ज्यान गुमाउने कुन देशका नागरिक हुन् भन्ने अहिलेसम्म खुलेको छैन । यसअघि ग्रिसमा एक कारमा आगो लाग्दा ११ जना आप्रवासीको ज्यान गएको थियो । आप्रवासीहरु लरीमा चढेर तटीय क्षेत्रमा जाँदै थिए । उनीहरु त्यहाँबाट डुंगा चढेर सामोस द्विप जाने तयारीमा थिए । दुर्घटनामा १३ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७५ सोमबार ००:००  १ : ३४ बजे