१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

इजरायल- प्रमुख विमान कम्पनीको चेतावनी , सन् २०१९ देखि उडान गर्दैनौँ



एजेन्सीको सहयोगमा ।
इजरायलका प्रमुख मानिने विमान कम्पनीले सन् २०१९ को जनवरी १ देखि उडान नगर्ने चेतावनी दिएका छन् । इजरायली स्थानीय सञ्चार माध्यमहरूका अनुसरा सुरक्षाको कारण देखाउँदै ती विमान कम्पनीहरुले उडान नगर्ने चेतावनी दिएका हुन् ।
एल अलका प्रमुख एली दापासले इजरायली राष्ट्रिय सुरक्षा परिषद्का उपप्रमुख र प्रधानमन्त्रीको कार्यालयका महानिर्देशकलाई जरूरी पत्र लेख्दै उक्त घोषणा गरेका इजरायली हिब्रु भाषामा प्रकाशन हुने ‘येदिओथ आहरोनोथ’ पत्रिकाले उल्लेख गरेको छ।
विदेश मन्त्रालयले दापासको पत्रमा लेखिएको छ–‘विश्वभर रहेका हाम्रा कार्यालयमा सुरक्षा गार्डको व्यवस्थालाई निरन्तरता दिने कुरामा कुनै चासो नदिएपछि सबै उडानहरू अवरूद्ध गर्ने निष्कर्षमा पुगेका छौँ’, । विमान कम्पनीहरूले लेखेको पत्रको बोधार्थ विदेश मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु तथा यातायात मन्त्रीलाई दिइएको छ।

प्रकाशित मिति : २९ आश्विन २०७५ सोमबार ००:००  २ : ०७ बजे