११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

प्युठानमा अटो दुर्घटना, एकको मृत्यु, चार घाइते



प्युठान । 

प्युठानको नौबहिनी गाउँपालिका–६ मगरबासाको भिरमा अटोरिक्सा दुर्घटना भएको छ । दुर्घटनामा ५९ वर्षीया तारादेवी पुनको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा कालीदेवी घर्तीमगर, चालक लालबहादुर गिरी, गिरीका ४ वर्षीया छोरी स्मृति, सृजना, एक वर्षीय छोरा सुजल र सौगात सामान्य घाइते भएका छन् । दुर्घटना भएको स्थान उत्तरी प्युठान हो ।

प्रकाशित मिति : २९ आश्विन २०७५ सोमबार ००:००  ३ : ५६ बजे