२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

राप्ती नदीमा बेपत्ता युवकको शव भेटियो



दाङ ।
तीन दिनदेखि बेपत्ता भएका लमहीका एक युवकको शव भेटिएको छ।राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका लमही नगरपालिका–३, बनगाउँका २२ वर्षीय बामदेव घिमिरेको शव राजपुर गाउँपालिका–२ मा फेला परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
लमही–६ मध्यनगर घाटमा नुहाउने क्रममा डुबेर उनी बेपत्ता भएका थिए । शव बेपत्ता भएको स्थानबाट करिब साढे दुई किलोमिटर तल भेटिएको लमहीका प्रहरी निरिक्षक अरुण कुमार सिंहले जनकारी दिनुभयो ।

प्रकाशित मिति : २९ आश्विन २०७५ सोमबार ००:००  १ : ३३ बजे