१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘गरिबी बेचेर होइन समृद्धि बेचेर धनि हुन्छ नेपाल’–सामाजिक अभियान्ता आचार्य सम्मानित



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा अन्तराष्ट्रिय स्तरमा पुरस्कृत भएका सामाजिक अभियान्ता होमराज आचार्यलाई एक समारोहका बीच सम्मान गरिएको छ ।

जिल्लाको वाणगंगा नगरपालिका ८ पुलचोकमा भएको सम्मान कार्यक्रममा अभियान्ता आचार्यलाई सामाजिक, आर्थिक रुपान्तरण तथा श्रम व्यवस्थापनमा विशेष योगदान पु¥याए वापत संघले सम्मान गरेको हो ।

आचार्यलाई दोसल्ला तथा सम्मानपत्रले प्रतिनिधिसभा सदस्य अतहर कमाल, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल तथा विभिन्न संघ संस्थाले सम्मान गरेका थिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य अतहर कमालले भौतीक विकास मात्र नभई आर्थिक सामाजिक विकासको खाँचो औल्याउनुभयो । देश समृद्धिका लागि सामाजिक र आर्थिक विकास पनि महत्वपूर्ण रहेको उहाले बताउनुभयो ।

उक्त अवसरमा वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु, बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

अभियान्ता आचार्य कपिलवस्तुबासी रही अन्तराष्ट्रिय स्तरबाट कपिलवस्तु लगायतका स्थानमा सामाजिक तथा आर्थिक क्षेत्रमा विशेष योगदान पु¥याउदै आउनुभएको छ ।

उहाले श्रम व्यवस्थापन र उद्योगहरुको रुपान्तरणमा विशेष काम गर्दै बेटर ब्रिक नेपालको अवधारणामा विभिन्न जिल्लाहरुमा काम गर्नुभएको छ । सम्मान कार्यक्रममा बोल्दै उहाले नेपालको स्रोतसधान परिचालन गनुपर्नेमा जोड दिनुभएको छ ।

नेपालमा गौरवशाली नेपाली भूमि रहेको भन्दै गरिबी बेचेर भन्दा पनि समृद्धि बेचेर धनि हुने बाटा प्रशस्तै रहेको जिकिर गर्नुभयो । साथै उहाले सम्मान ग्रहण पछि आफुलाई थप जिम्मेवारी बढाएको भन्दै यसलाई सदैव कायम राख्ने बताउनुभयो ।

संघका अध्यक्ष उमानाथ पौडेलको अध्यक्षता, कपिलवस्तु उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसालको स्वागत मन्तव्यमा भएको कार्यक्रममा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्थाका अध्यक्ष केशव सापकोटाको सञ्चालन रहेको थियो । यसैबीच सोही अवसरमा युवाहरुको लागि चित्तशुद्धि र आत्म रुपान्तरण विशेषयक अभिभूमिकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७५ सोमबार ००:००  १ : ३७ बजे