११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

सशस्त्र प्रहरीले पनि चलाउने भयो उपत्यकामा बस



काठमाण्डौ ।

सशस्त्र प्रहरी बल नेपाल पनि दशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ ।

दशैंमा सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा होस् भनेर निःशुल्क बस चलाउन लागिएको हो ।

सशस्त्र प्रहरी बल नेपालले काठमाडौं उपत्यका भित्र संचालन गर्ने सो निःशुल्क बस बडादशैंको विदा अवधिभर बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ ।

यसअघि नेपाली सेना र नपाल प्रहरीलेपनि दशैंको अवसरमा निःशुल्क बस सञ्चालन गर्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७५ मंगलबार ००:००  २ : ४९ बजे