१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कर्णाली नदीमा हराई रहेकाको खोजी गरिदै



कर्णाली ।

कर्णाली नदीमा डुंगा पल्टिँदा हराइरहेका दुईजनाको मंगलबार विहानैदेखि खोजी भैरहेको छ । सोमबार बेलुकी कैलालीको मोहन्याल गाउँपालिका–७ चिसापानी घुम्न गएका बेला डुंगा पल्टिँदा हराइरहेका कैलालीको जोशीपुर गाउँपालिका–२ का पुरुषोतम चौधरी र समीर बडेलाको विहानैदेखि खोजी भैरहेको प्रहरीले जनाएको छ ।

डुंगामा रहेका पाँचजना मध्ये तीन जनाको उद्धार गरिएको थियो । डुंगा पल्टिँदा घाइते भएका चालक प्रकाश विष्ट उपचार पछि घर फर्किएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७५ मंगलबार ००:००  २ : ५१ बजे