५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मुख्यमन्त्री पोख्रेलको शुभकामना – मौलिक पर्वको रुपमा दशैँ मनाउनु पर्छ



मायादेवी अनलाइन ।
प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले व्यक्ति, परिवार र समाजलाई जोड्ने मौलिक पर्वका रुपमा दशैँ स्थापित रहेको बताउनुभएको छ ।
मुख्यमन्त्री पोखरेलले नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा आज शुभकामना व्यक्त गर्दै दशैँका अवसरमा हुने पारिवारिक र सामाजिक मिलनले दशैँको महत्व र गरिमालाई फराकिलो बनाउँदै आएको र स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

“शुभकामना सन्देशमा भनिएको छ – यस्ता सांस्कृतिक उत्सव र पर्व कुनै समुदायविशेषका नभएर सबै नेपालीका साझा भएका र सांस्कृतिक पर्वहरुले सद्भाव, भ्रातृत्व र मेलमिलाप बढाउँदै समाजलाई एकताको सूत्रमा बाँधेका छन् ।
सन्देशमा “व्यवसाय, रोजगारी र अध्ययनका सिलसिलामा घरभन्दा बाहिर रहेकाहरु दशैँमा घर फर्कन प्राथमिकता दिइरहनुले यो पर्वलाई समुदायले दिएको महत्वलाई छर्लङ्ग पारेको उहाँले बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले दिनुभएको सन्देशमा राजनीतिक रुपमा सङ्घीयता कार्यान्वयन भए पनि प्रशासनिक र वित्तीय रुपमा कार्यान्वयन हुन अझै बाँकी रहेकाले व्यावहारिक रुपमा सङ्घीयताको पूर्णतः कार्यान्वयन गरी नागरिकका अपेक्षा पूरा गर्न आफूहरु सङ्कल्पित रहेको स्पष्ट पार्नुभएको छ ।
यसैबीच वाणगंगाा नगरपालिकाले पनि नगरबासीमा दशैँको शुभकामना व्यक्त गरेको छ । नगर प्रमुख मंगल प्रसाद थारु,उपप्रमुख चक्र अर्याल, प्रमुख प्रशाशकीय अधिकृत तुलसीराम मरासिनीले वडा दशैँले सबैमा खुसी लयाउनेमा विश्वास व्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७५ शुक्रबार ००:००  २ : ०२ बजे